४अक्टोबरको सांगीतिक प्रस्तुतिका लागि गायक प्रकाश तितुङ तामाङ मलेसिया आइपुगे

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सवमा सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक प्रकाश तितुङ तामाङ मलेसिया आइपुगेका छन्।

 

मलेसिया आइपुगेका गायक तितुङलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका संरक्षक राजु तामाङ, अध्यक्ष विक्रम वाइबा तामाङलगायतले स्वागत गरेका छन्।

 

आगामी ४ अक्टोबरमा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना हुने अधिवेशन तथा वार्षिकोत्सवमा गायक तितुङले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

 

कार्यक्रममा मलेसियामा रहेका तामाङ समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। अधिवेशन तथा वार्षिकोत्सवलाई भव्य रूपमा सफल बनाउन मलेसियामा रहेका सम्पूर्ण तामाङ समुदाय, शुभेच्छुक तथा संघसंस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित हुन वरिष्ठ उपाध्यक्ष छेवाङ लामाले आग्रह गरेका छन्।

 

यसै अधिवेशनबाट नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको नयाँ नेतृत्वसमेत चयन हुने भएकाले मलेसियास्थित तामाङ समुदायमा अधिवेशनप्रति विशेष चासो देखिएको छ। आगामी नेतृत्वले समुदायको एकता, संगठन सुदृढीकरण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयलाई पनि महत्वका साथ हेरिएको छ।

 

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सव ४ अक्टोबरका दिन दिउँसो १२ बजे होटल ग्रान्ड कन्टिनेन्टल, क्वालालम्पुरमा आयोजना हुने जानकारी नेपाली जनता खबर डटकमले प्राप्त गरेको छ।

nepalijanatakhabar

समबन्धित समाचार