सर्लाही । गृह मन्त्रालयको निर्देशनपछि सर्लाहीका अवैध क्रसर उद्योगहरूको छानबिन सुरु भएको छ ।
गृह मन्त्रालयले अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरुको छानवीन गरि आवश्यक कारवाही गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाही , जिल्ला प्रहरी कार्यालय सर्लाही, घरेलु तथा साना उद्योग कार्यालय सर्लाही र जिल्ला समन्वय समिति सर्लाही सहितको सरोकारवाला, कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गर्दै छानबिन सुरु गरेको हुन् ।
जिल्लामा विभिन्न समयमा दर्ता भएका २४ वटा क्रसर उद्योगहरु तथा बालुवा प्रसोधन केन्द्रहरुको छानबिन सुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार जिल्लामा २४ वटा क्रसर उद्योगहरु तथा बालुवा प्रसोधन केन्द्रहरु मध्य अहिले ८ वटा उद्योगहरु मात्र सञ्चालनमा रहेका र बाकी बन्द भनिएका ११ वटा उद्योगहरुले लगत कट्टा समेत नगरेका तथ्यांक प्राप्त भएको छ । बाकी पाँच वटा उद्योगहरुले लगत पनि कट्टा गरेका पाइएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती स्यान्ड प्रोसेसिङ बागमती, हरि ओम एग्रिगेट इन्डस्ट्रिज बागमती, एलिट एग्रिगेट प्रालि बागमती, भिजनरक एन्ड सप्लायर्स वासिङ प्रालि बागमती, गौतम गिटी बालुवा प्रशोधन एन्ड क्रसर उद्योग बरहथवा,हजरिया बालुवा गिटी प्रशोधन कम्पनी प्रालि बरहथवा,दुर्गे उद्योग बागमती र हजरिया बालुवा गिटी प्रशोधन कम्पनी बरहथवालाई बन्द गरिएको छ ।
लामो समयदेखि जिल्लामा अवैध रुपमा दर्जनौँ क्रसर उद्योगहरू संचालनमा रहे पनि स्थानीय प्रशासन तात्न सकेको थिएन। गृह मन्त्रालयको निर्देशनपछि क्रसर उद्योगहरू बन्द गरिन थालिएपछि सर्वसाधारण खुसी भएका छन्।
प्रतिक्रिया दिनुहोस्