५ महिनामा मात्रै ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स यसरी भित्रियाे हेर्नुस्

काठमाण्डाै – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको हो ।

 

नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेकाे हाे । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह छ दशमलव तीन प्रतिशतले घटिरहेको थियो ।

 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेर तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेर पाँच खर्ब ३० अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो ट्रान्सफर पाँच दशमलव तीन प्रतिशतले घटेको हो ।

सम्बन्धित समाचार