काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ परेका छन् ।
काठमाडौंको माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको बेला प्रहरीले काठमाडौं जिल्ला अदालत अगाडिबाट खानसहितका अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
शंकास्पद मृत्युबारे चित्तबुझ्दो छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी खानको समूह प्रदर्शनमा उत्रिएका हुन् ।
प्रहरीले अधिकारकर्मी खानसहित ७ जना पक्राउ गरिएको बताइएको छ । २०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । त्यसपछि निर्मलाको न्याय माग गर्दै अधिकारकर्मीहरु आन्दोलन गर्दै आएका छन् ।
अधिकारकर्मीहरुले आन्दोलन गरेपछि सरकारले छानबिन समिति पनि गठन गर्यो तर पीडितले अझैँ न्याय नपाएको भन्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्