आईजिपीको होडमा रहेका सिंह राजीनामा दिँदै नक्कली डकुमेन्टले जागिर खाएको आरोप लागेपछि

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले राजीनामा दिने भएका छन् ।

 

आफूबिरुद्ध नक्कली शैक्षिक योग्यता देखाएर जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेपछि सिंहले राजीनामा दिने तयारी गरेका हुन् ।

 

सिंह नयाँ प्रहरी प्रमुख आईजजिपी बन्ने होडमा थिए । यो सँगै प्रहरी प्रमुख बन्ने दौडमा बाँकी तीन जना डिआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा आईजिपीको प्रतिस्पर्धी बन्ने भएका छन् ।

 

अख्तियारमा सिंहबिरुद्ध फागुन ३ गते उजुरी परेको हो । उक्त उजुरीमा नक्कली शैक्षिक योग्यता देखाएर जागिर खाएको उल्लेख गरिएको छ । न्युज २४ नेपाल बाट

सम्बन्धित समाचार