सिधा कुरा’ कार्यक्रम प्रस्तोता युवराज कँडेलले किन छोडेको टेलिभिजन…..

काठमाडौं, २८ चैत्र । ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका छन्।

कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्।

ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित हुने ‘सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम कँडेल चलाउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चलाउने गरेका थिए।

रबिले सो कार्यक्रम छोड्दा कँडेललाई जिम्मेवारी दिएका थिए।

उनले लेखेका सामाजिक सञ्जाल फेसबुकमा यस्ताे छ पूरा पढ्नुहोस्

 

 

आज आफ्नै सिधाकुरा,
प्रिय दर्शकहरु नमस्ते । सिधाकुरा जनतासँग(News24 nepal) हुँदै सिधाकुरा(Galaxy4k) सम्म आइपुग्दा ७ वर्ष बित्नै लागेछ । रिपोटर हुँदै कार्यक्रम प्रोड्युसर देखि प्रस्तोता हुँदा सम्म पत्रकारिताका धर्म र पेशा प्रति रत्तिभर सौदाबाजी नगरी जनताको चासो, गुनासो र प्रश्न उठाउने इमानदार प्रयास गरिरहे । त्यसको प्रभावकारिताको हरहिसाब गर्ने जिम्मा तपाईँहरूकै । जस्ता सुकै धाकधम्की र आरोपबाट लड्दै चलरिहेको कार्यक्रममा जब एक उच्च सरकारी अधिकारीले महिला कर्मचारी माथिको हिंसाको विषय उठान गरेका थियौँ, उक्त रिपोर्ट पछि मन्त्रिपरिषद्ले उनलाई बर्खास्तीको निर्णय गरेको थियो । उनको पावरले त्यसका ९ महिना पछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिए छ। यसलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथिनै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु । देशभरका संवाददाता साथीहरू र कार्यक्रमका हर मोडमा मलाई काँध थाप्ने प्रिय टिम Bishnu Anil Raju Uttam Laxman सँगै Krantishikha Pratibha Rawal प्रति आभारी छु । मलाई सिकाउँदै यहाँसम्म ल्याउने Rabi रवि दाई र Deepak दाईलाई सम्झरिहेको छु । मलाई निरन्तर हौशला दिने तपाई दर्शकहरू प्रति आजीवन ऋणी छु ।
“जागिर छोडेको हुँ, कर्म छोडेको हैन, केही दिनमा झनै मजबुत भएर आउने छु ।” नमस्ते ।

सम्बन्धित समाचार