काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिनुहुने भएको हो।
सरकारमा सहभागी राजनीतिक दलहरूको आज बिहान बालुवाटारमा बसेको बैठकबाट प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको जानकारी दिनु भयो ।
नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।
प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिनुभएको थियो। हिजोको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्