एबी इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित

काठमाडौं – एबी इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।

 

जेठदेखि बेलायत र फ्रान्समा छायांकन हुने यो ट्राभल लभस्टोरी फिल्ममा साम्राज्ञीले एक महत्वाकांक्षी युवतीको चरित्रमा अभिनय गर्दैछिन् ।

अग्निदहन’बाट राष्ट्रिय फिल्म अवार्ड जितेका घनश्याम लामिछानेले फिल्मलाई निर्देशन गर्दैछन् । लामिछाने निर्देशित ‘धौली’ र ‘पञ्चेबाजा’ समीक्षकले रुचाएका फिल्म हुन्।

 

फिल्मबारे निर्देशक लामिछानेले भने, ‘यो एउटा यात्रामा आधारित प्रेमकथाको फिल्म हो । महात्वाकाङ्क्षी युवती प्रेममा परेपछि उसको जीवनमा आउने उतारचढाव कथावस्तु हो । लामिछानेले फिल्मलाई नयाँपुस्ताको प्रेमकथा पनि भएको बताए । प्रदीप भारद्वाजले पटकथा लेखेका हुन् ।

 

आगामी असारभित्र ‘हनीबनी’को छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको निर्देशक भट्टराईले जानकारी दिए । हनीबनी फिल्म छायांकन सकिएपछि मात्र ‘लण्डन टु पेरिस’ छायांकन सुरु गर्ने तयारी छ ।

 

एबी इन्टरनेसनलले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

 

यो समूहले नेपालमा विदेशी फिल्म वितरणको काम पनि गरिरहेको छ । अक्षयकुमार स्टारर फिल्म ‘बच्चन पाण्डे’को वितरण यही समूहले गरेको थियो ।

 

 

सम्बन्धित समाचार