विदेशमा भिजिट भिषामा नेपाली कलाकार लगेर सांगितीक कार्यक्रम किन गर्छन् कारण यस्तो छ……


काठमाडौं := गीत, संगीत हाम्रो समाजको ऐना हो । संगीत मानव जिवनको सारथी पनि हो । थुप्रै बिसंगति र उत्पिडन वर्गलाई अझै भनौ देशमा हुने ठुला ठुला राजनैतिक परिवर्तन लाई गीतसंगीत र संगितकर्मिले भिन्न – भिन्न माध्यमबाट समाज परिवर्तनका आवाज बोल्दै आएका कलाकर्मी , अमर-अजर श्रष्टाहरुका कैयन उदाहरण तपाईं हाम्रा अगाडि छ्न, जसले गीत,संगीतलाई जिवन्त राखेका छ्न ।

 

संगीतकर्मिले समाजमा भए गरेका , घटेका घटना लाई साङ्गितिक माध्यमबाट उजागर गर्दै आएका उदाहरणहरु पनि प्रसस्तै छ्न । समय कालखण्ड सङै विभिन्न विधाका संगीत सृजनाको व्यावसायिकरण हुँदै जादा पछिल्लो समय नयाँ नयाँ सृजना गर्नेको होड बाजीनै चलेको छ । होडबाजीकै क्रममा केहि संगीत र संगीतकर्मीका सृजना बिबादास्पद समेत बन्दै आइरहेका छ्न ।

 

संगीतको व्यावसायिकरण सङै गाउँ घरमा हुने रोधी विभिन्न झाकी जात जातिका मौलिक संगीत लोप हुँदै गहिरहेको बर्तमान परिपेक्षमा संगीत बजारमा विभिन्न खाले विकृति, बिसङ्गती देखा पर्दै आएका छ्न ।

देशभित्र मात्रै नभई विदेशमा पनि संगीत पारखी हरुको मनोरंजनका लागि भन्दै विभिन्न स्थानहरुमा हुने मेला कन्सर्ट जात्रामा थुप्रै लेपाली संगीतकर्मिहरु गायक गायिकाहरु प्रती अभद्र ब्यबहारहरु समेत हुँदै आएका छ्न ।

 

नेपाली गीत,संगीतको व्यावसायिकरण भए सङै विभिन्न देश तथा बिदेशमा रहेका नेपाली हरु माझ हुदै गर्दै गराइदै आएका कन्सर्ट , सांगीतिक कार्यक्रमहरु संबंधित देशको कानुनी प्रावधानभित्र नरहेर आयोजना हुने साँगीतिक कार्यक्रम हरुमा गायक , संगीतकार , कलाकार हरुमाथी कानुनी कारवाही समेत भैसकेका कैयौं उदाहरण छ्न ।

 

संबंधित देशको कानुन पालना नगरेको घटना मलेसियाको क्वालालम्पुरमा पनि घटेको इतिहास छ् । मिति सन् २०१९ साल जुन ६ तारिखमा कोत्राया कम्प्लेक्समा आयोजित एसएसओजी धमाका ओन नाम दिएर आयोजना गरिएको साङ्गितिक कार्यक्रममा भिजिट भिजा (पर्यटन भिसा) लगाएर नेपाली कलाकार नेपालबाट लगिएको र कानुनी प्रावधान पूरा नगरेको भन्दै कार्यक्रम स्थलमै अध्यागमन बिभाग र प्रहरीद्वारा कलाकारहरु सुजन आङ्दाम्बे , सुनिता थेगम ,श्रेया राई , मिलन लिम्बू लगाएतका कलाकार र दर्शक गरि ३२ जना भन्दा बढी नेपाली हरुलाइ समेत पक्राउ गरि लगिएको थियो ।

 

सन् २०१९ मा गैर कानुनी रुपमा भिजिट भिसामा नेपाली कलाकार ल्याएर आयोजना गरेको प्रोग्राममा पक्राउ परेका कलाकारसहितका पोस्टर ।

पक्राउ परेका ती कलाकार र दर्शक हरु करिब १ महिनासम्म जेल सजाय समेत भोग्नुपरेको थियो । पक्राउ पर्नु र जेल पर्नुको कारण थियो पर्यटन भिसामा कलाकार बोलाएर नाच्न लगाइएको । जब कि मलेसियामा साङ्गितिक कार्यक्रममा प्रस्तुति पस्किन र नाच्न , गाउनलाई कलाकार हरुलाई मलेसिया ल्याउन आर्टिस्ट (Artist visa) भिजा लगाइएको र सम्बन्धि देशको ( नगरपालिका )बान्दारायाबाट अनुमती लिनुपर्ने हुन्छ ।

 

यहीँ क्रममा कोरोना माहामारी पश्चात् पछिल्लो समयमा मलेसियामा नेपाली आयोजक हरु मिलेर पुनः साँगीतिक कार्यक्रम गर्ने होडबाजिनै चलेको छ । आयोजना हुने ती साँगीतिक कार्यक्रम हरु आयोजकले मलेसिया सरकार र संबंधित निकायसंगको अनुमति बिना कलाकारहरुलाई भिजिट (पर्यटन) भिसामा मलेसिया लगेर कार्यक्रम आयोजना गर्ने गरेका छ्न। जसले गर्दा इज्जत भएका नेपाली कलाकार हरु पनि त्रसित हुनुपरेको अवस्था छ ।

 

हालै सोही होडबाजीमा मलेसियामा प्रसंशा म्युजिक प्राली र प्रीयसी म्युजिक प्रालिको संयुक्त आयोजनामा

यहीँ मिति सन् २०२३ अगस्ट १३ तारिख आयोजना हुन लागिरहेको श्रस्टा सम्मान कार्यक्रम तथा साङ्गितिक धमाका-२०८० नाम दिएर कार्यक्रम आयोजना हुन गैइरहेको सामाजिक संजालमा पोस्टर सार्वजनिक भएका छ्न ।

 

कार्यक्रममा चर्चित मोडल तथा गायक दुर्गेश थापा , गायक युबराज मगर , गायक बिनोद दनुवार , आधुनिक गायक सन्तोश बुढाथोकी , सन्तोश सुनार गायिका तथा समाजसेवी सान्ती शाही , मोडेल दुर्गा भट्ट , अमन श्रेष्ठ लगाएतका कलाकारहरुको उपस्थितिमा प्याकेजमा थाइल्यान्ड मलेसिया र सिङ्गापुर भिजिट भिजा लगाइ कार्यक्रम आयोजना हुन गैइरहेको छ ।

 

सिङ्गापुर र थाइल्यान्ड को नियम कानुन आफ्नो ठाउँमा सहज होलान् तर मलेसियाको कानुनी प्रोटोकल, प्रावधान पालना मगरी कानुन भन्दा बाहिर रहेर हुने यी र एस्ता नाफामुखी ब्यावसायीक कार्यक्रमहरुमा आयोजक आफ्नो जिम्मेवारी निभाउन बाट बाहिर रहदाँ कलाकारहरुले कानुन उल्लंघनको आरोपमा प्रहरी र अध्यागमनद्वारा पक्राउ परि जेल सजाय खेप्नुपरेको भन्दै भोलिका दिनहरुमा एस्ता प्रवृत्ति पुनः नदोहोर्‍याइ कानुनी प्रक्रिया पूरा गरी साङ्गितिक कार्यक्रम गर्दिदा राम्रो हुने मलेसियामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली अगुवा जानकार हरु को भनाइ छ ।

 

मलेसियामा यतिखेर स्थानीय चुनावको माहोल छ । फ़ेरि अध्यागमन बिभाग (इमिग्रेशन) ले अनि अवैधानिक र गैरकानुनी काम गर्ने आप्रवासी हरु लाई धमाधम पक्राउ गरिरहेको छ । यस्तो अवस्थामा अवार्ड वितरण, संघसंस्थाको अधिवेशन लगायतको बहानामा नाफामुखी ब्यावसायीक कार्यक्रममा यहाँ पर्यटन (भिजिट) भिसामा कलाकार आएर नाचेर गायर जेल पर्नु भन्दा आफैं होशियार भएर कदम चाल्नु कलाकार हरुको लागि उपयुक्त हुने अगुवा नेपाली हरु बताउछन् । यो सामाचार मलाया खबर डट्कम मा प्रकाशित छ


प्रकाशित मिति : २०८० श्रावण २५, बिहीबार ०७:०९ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos