मलेसिया : मलका युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रथम मलका कप २०२३ आजबाट सुरु भएको छ । उमेश महतोकाे अध्यक्षता, मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ भएको हो ।
गैरआवासीय नेपाली संघ एसिसी मलेसियाका उपाध्यक्ष हेम राज सापकोटा ,सचिव बिष्णु प्रसाद बराल, युवासंयोजक राजु तामाङ,रास्ट्रीय स्वतन्त्र पार्टीको प्रबास बिभाग संगठन “प्रबास नेपाली सम्पर्क बिभाग” मलेशियाका सभापती तथा गैर आवासीय नेपाली संघ का ICC सदस्य नेत्र के.सी र सारादा राई बिन्दु दर्लामी मगर लगाएत कार्यक्रममा अतिथि हुनुहुन्थ्यो ।
मलेसियामा रहेका विभिन्न संघ संस्थाका व्यवसायी,बुद्धिजिवि ,पत्रकार ,समाजसेवी लगाएतकाे पनि कार्यक्रममा उपस्थिती थियो । मलेसियाकाे विभिन्न राज्यबाट १७ टिमकाे भिडन्त हुने छ।
प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पुरस्कार पाउनेछन् भने उपविजेताले ट्रफीसहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।





प्रतिक्रया दिनुहोस्