मलेसियामा हत्या भएका रुपेश कुमार यादवको शब स्वादेश आइपुग्यो।

मलेसिया: सिराहा जिल्लाको बिष्णुपुर गाउँ पालिका २ राजपुर बस्ने बिनोद कुमार यादवको छोरा रुपेश कुमार यादव  रोजगारीको शिलशिलामा करिब  दुई बर्ष पहिले मलेसिया पुगेका थिए सेप्टेम्बर २ तारिखका दिन एक नेपाली कामदारले मलेसियामा हत्या गरिएको थियोे ।

घटना भएको लगतै हत्या  गर्ने आरोपित हरु लाई मलेशिया प्रहरीले पक्राउ गरेको थियो भने कानुनी प्रक्रिया अनुसार उक्त आरोपित माथि छानबिन भइरहेको छ भने  हेल्प मधेसी मलेसियाको पहलमा सेप्टेम्बर २५ तारिख उक्त शब नेपाल आइपुगेर परिवारले बुझिसकेको  हेल्प मधेसी मलेसिया को बरिस्ठ उपाध्यक्ष सुरेन्द्र महतोले नेपाली जनता खबर डट्कम लाई जानकारी दिएका छन् ।

परिवारका श्रोत अनुसार शब नेपाल पठाउन प्रमुख भुमिका नेपाली दूतावास र दूतावासको प्रथम सचिब बलिराम प्रसाद धामीको रहेको बुझिएको छ ।

सम्बन्धित समाचार