नेपाली राजदूतावास कतारले बिदाको दिन पनि श्रमिकलाई दियो सेवा २५० भन्दा बढिले गरे म्याद सकिएको राहदानी नवीकरण…..

दोहा कतार – नेपाली राजदुतावास कतारले गत शुक्रबार बिदाको दिन पनि प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई राहदानी नवीकरण सम्बन्धि सेवा प्रदान गरेको छ । पछिल्लो केही महिना देखि राहदानी नविकरणको लागि दूतावासबाट खोलिने “स्लट” नपाएर श्रमिकले सास्ती पाएको भन्ने जनगुनासो आएपछी दूतावासले २९ सेप्टेम्बर २०२४ आईतवार एउटा सुचना मार्फत शुक्रबार राहदानी र कतारी आईडीको म्याद सकिएर समस्यामा परेकाहरुका लागी राहदानी नवीकरणको लागि दूतावास खुल्ला रहने जानकारी गराएको थियो ।

दूतावासले जारी गरेको सूचनालाई सुचिकृत गर्दै बिदाको दिन पनि दूतावासका कर्मचारीको सहयतामा राहदानीको म्याद सकिएका करिब २५० जना नेपाली श्रमिकहरुले राहदानी नविकरण अवसर पाएका थिए यस अघि दूतावास बाट खोलिने स्लटमा देखिएको समस्या समाधानको बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा गरि दुई पटक छलफलमा बसेको थियो ।

नेपाली राजदूतावास कतारले हप्ताको दुई दिन आईतबार र बुधबार “स्लट” खोले पनि नेपालीहरुले राहदानीको म्याद सकिनै लाग्दा सम्म अन्लाईन नपाएर धेरै नेपाली श्रमिकहरु समस्यामा परेको गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले बताए । त्यही श्रमिकहरुको समस्या समाधानको लागि दूतावास सङ्ग गरिएको छलफल र सहमतिमा दूतावासले शुक्रबार सेवा प्रदान गर्ने थाहा पाएपछि नेपाली राजदूतावासमा बिहानै देखि नै श्रमिकहरुको बाक्लो भिड लागेको थियो ।

साथै यसरी राहदानीको म्याद सकिएका नेपाली श्रमिकहरुको लागि नेपाली राजदूतावास कतारले अत्यन्तै सराहनीय र श्रमिकमुखी कार्य गरेको भन्दै दूतावासमा उपस्थित भएका नेपाली समुदायका प्रमुखहरुले दूतावास परिवारलाई धन्यवाद व्यक्त गरेका थिए भने राहदानी नविकरणको लागि आएका नेपाली श्रमिकहरुलाई पासपोर्ट नविकरणको फाराम भर्नको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सचिव सन्तोष क्षेत्री, पत्रकार महासंघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रवासी भुजेल समाज कतारका अध्यक्ष बिकास भुजेल र पत्रकार तिलु शर्मा पौडेलले सहजीकरण गरिदिएका थिए ।

दूतावासले अन्लाईन स्लट नपाएर राहदानीको म्याद सकिएर समस्यामा परेका बाँकी श्रमिकहरुको दशैं पछि लगत्तै पुन सुचना जारी गरेर यो कार्यलाई निरन्तरता दिने पनि बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

सम्बन्धित समाचार