अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी, कतारको प्रथम अधिवेशन- १९ अक्टोबरमा हुने…..

दोहा कतार – अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी, कतारको प्रथम अधिवेशन १९ अक्टोबर- २०२४ शनिबार नज्मा स्थित वल्ड दरबार नेपाली रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।

“सामाजिक समुन्नति, सीप मुलक बिकास तथा नेपाली खानाको स्तरोन्नतिको लागि हाम्रो अभियान” भन्ने मुल नारा बोकेर स्थापना भएको संस्था शाखाको रुपमा कतारमा पनि आधिकारिक रुपमा बिस्तार गर्ने निर्णय अनुसार अधिवेशन गर्न लागेको तदर्थ समितिको संयोजक सुर्य भण्डारीले नेपाली जनता खबरलाई जानकारी गराउनु भएको छ ।

उहाले बिश्व जगतमा कार्यरत नेपाली सेफहरुको व्यवसायिक पहिचान, नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार अझ प्रभावकारी बनाउनको निमित्त र कतारमा रहेका सम्पुर्ण नेपाली सेफहरुलाई एउटै छातामुनि संगठित गराउने उद्देश्यको साथ यो संस्था स्थापना गर्न लागेको पनि बताउनु भयो ।

बिहान ठिक ११:०० बाट सुरु हुने कार्यक्रमको तयारी तिब्र गतिमा भइरहेको आयोजक समितिले बताएको छ, भने यो एउटा ऎतिहासिक कार्यक्रममा सम्पुर्ण नेपाली सेफहरुलाई उपस्थित भएर यो अभियानमा जोडिन र कार्यक्रमलाई भव्य सफल पारिदिनु हुने पनि संयोजक भण्डारीले अनुरोध गर्नु भएको छ।

अधिवेशन पछि यो संस्थाले नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र उच्च स्थानमा पुर्याउन सशक्त प्रयास गर्ने सेफहरुको उज्वल भविस्यको लागि अग्रणी भुमिकामा रहेर पहल गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

सम्बन्धित समाचार