मलेसियाको जोहोरबारुमा चाईनिज नयाँ बर्षको अवसरमा भलिवल प्रतियोगिता हुँदै।

दिनेश खड्का’खप्तडी’

मलेसिया। मलेसियाको जोहोरबारुमा चाईनिज नयाँ बर्षको अवसरमा भलिवल प्रतियोगिता सन्चालन हुने भएको छ ।

 

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति जोहोरबारुको आयोजनामा चाईनिज नयाँ बर्षको सार्वजनिक बिदाको अवसरमा भलिबल प्रतियोगिता सन्चालन गर्न लागेको समाजका अध्यक्ष तिलक चन्द ठकुरीले बताउनुभयो ।

 

उक्त प्रतियोगिता अन्तर्गत पहिलो हुनेले नगद मलेसियान तिन हजार सहित ट्रफि प्रमाण पत्र ,द्वितीय हुनेले नगद मलेसियान दुई हजार सहित ट्रफि प्रमाण पत्र,तेस्रो हुनेले नगद मलेसियान एक हजार सहित ट्रफि प्रमाण पत्र तथा उत्कृष्ट खेलाडी लाई पनि पुरस्कार प्रदान गरिने समाजका सचिव आनन्द साउँदले बताउनुभयो ।

 

आउँदो फ्रेवुअरी १ तारिख देखि सन्चालन हुने प्रतियोगितामा सहभागी हुनको लागि मलेसियान पाँच सय रिंगेट टिम दर्ता शुल्क निर्धारण गरिएको छ।

 

जोहोरबारुको सेनाई पिरिन्डुमा सन्चालन हुने उक्त भलिबल प्रतियोगिता टिटिको नियम अनुसार खेलाईने छ । एउटा टिममा ८ जना  खेलाडी सहित एक जना प्रशिक्षक हुनु पर्ने छ।

 

उक्त प्रतियोगितामा टाढा बाट सहभागी हुने खेलाडी हरुलाई  बास बस्नको ब्यबस्था समाजले गर्ने छ भने खाना र अन्य खर्च स्वयम् खेलाडी हरुले बेहोर्नु पर्ने समाजले जारि गरिएको सुचनामा उल्लेख गरिएको छ । खेल फ्रेवुअरी २ तारिख समापन हुने छ ।

 

राष्ट्रिय खेल समेत रहेको भलिवल खेल मलेसियामा क्रियाशील संघ-संस्था हरुले सार्वजनिक बिदाको अवसरमा आयोजना गर्दै आएका छन् ।

 

बाकि हेर्नुहोस सुचना तल

 

 

 

 

सम्बन्धित समाचार