माघ २१ गते शुक्रवारको हेर्नुस् राशिफल सेयर गरी दक्षिणकाली को दर्शन गरौ

वि.सं. २०७८ माघ २१ गते शुक्रवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी ०४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे. चन्द्रोदय : बिहान ०८:५२ बजे र चन्द्रास्त : बेलुका ०७:५१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, माघ शुक्लपक्षको तृतीया तिथि, बिहान ०७:२७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, पूर्वाभाद्रा नक्षत्र, साँझ ०७:१० बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, दिउँसो ०१:०७ बजेसम्म, त्यसपछि मीन राशिमा, शिव योग, बेलुका १०:२८ बजेसम्म, त्यसपछि सिद्धि योग सुरुमा गर करण बिहान ०७:२७ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०७:१६ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : कालो (दिउँसो ०१:०७ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०१:०७ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : आग्नेय (बिहान ०७:२७ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो १०:१४ पछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : वैनायकी श्री गणेश चतुर्थी व्रत, तिल चतुर्थी/कुन्द चतुर्थी, ढुण्डीराज चतुर्थी, सोमप्रदा चतुर्थी (वेदारम्भ वर्जित), आजको मूहुर्त : दीक्षाग्रहण (मन्त्र लिने),

 

 

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २२ गते : मूहुर्त : शुभविवाह (पाणिग्रहण), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), (भद्रोपरान्त शुभ साइत गर्ने), २३ गते : श्री वसन्त पञ्चमी, सरस्वती पूजा, वागीश्वरी जयन्ती, रतिकाम पूजनोत्सव, श्री पञ्चमी, मदन पञ्चमी, वसन्त श्रवण, मसीलेखनी पूजा, हलसारो गर्ने दिन, तक्षक पूजा, मूहुर्त : शुभविवाह (पाणिग्रहण), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण (मन्त्र लिने), कलशचक्र, २४ गते : श्री स्कन्द षष्ठी, शीतला षष्ठी, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र,

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्नेछ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन । आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्नेछ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रातो/सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अत: व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउने छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ, तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्नसक्छ । आजको भाग्यबल १० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वमृत्युनिवारकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सुरुवातमा मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन्, तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ द्रां द्रीं द्रौं स: शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वरोगहराय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शारदादेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्द्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चं चन्द्रमसे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मेवामिष्टान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धनार्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्नसक्छन् । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दु:खसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार