मोरङको लेटाङमा ११ वर्षीया बालिकाकाे शव नग्न अवस्थामा फेला !

 

मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएको हो ।

 

 

 

बुधबारदेखि हराइरहेकी खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

 

 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । यसैबीच बालिकाको हत्याको विरोधमा लेटाङमा स्थानीयबासी तथा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।

 

 

 

 

सम्बन्धित समाचार