फाल्गुन १८ गते बुधवारको हेर्नुस् राशिफल सेयर गरी मनकामना को दर्शन गरौ

वायु प्रधुशन
nepalijanatakhaba

वि.सं. २०७८ फाल्गुन १८ गते बुधवार तदनुसार ई. सं. २०२२ मार्च ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, चन्द्रास्त : साँझ ०५:२२ बजे र चन्द्रोदय : औंसी भएकाले रातभरि चन्द्रोदय हुँदैन, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे , फाल्गुन कृष्णपक्षको औंसी (अमावस्या) तिथि, मध्यरात्रीपूर्व ११:२० बजेसम्म, त्यसपछि प्रतिपदा (परेवा) तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०३:०७ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), शिव योग, बिहान ०८:३३ बजेसम्म, त्यसपछि सिद्धि योग मध्यरात्रीपछि ०६:२२ बजेसम्म, अन्तिममा साध्य योग (योग टुटेको दिन), सुरुमा चतुष्पाद करण दिउँसो ११:५७ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपूर्व ११:२० बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान (मध्यरात्रीपूर्व ११:२० बजेसम्म), त्यसपछि पूर्व, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन (अमावस्याका दिन मातापिता नहुनेले बेलुकाको छाक बार्ने चलन छ), द्वापरयुगादि

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते : ग्याल्पो ल्होत्सार, २० गते : चन्द्रोदय (चन्द्रदर्शन), श्री रामकृष्ण परमहंस जयन्ती, मूहुर्त : अन्नप्राशन(पास्नी), डेरा सर्ने/बसाइँ सर्ने, २१ गते : मूहुर्त : द्रव्यप्रयोग वा लगानी

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, तर साँझपख बेचैनी बढ्ने समय छ । महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ र हाँके/ताकेका हरेक प्रतिस्पर्द्धा र सङ्घर्षमा विजयी बन्ने दिन हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ देवीद्यौराल्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा व्यवसाय गरेमा लाभ पाइने देखिन्छ । सानातिना कामका लागि समेत मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नम: न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दिनदु:खी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने समय छ । आज कुनै पनि धार्मिक/पारम्परिक क्रियाकलापमा सहभागी भएको जाति हुन्छ । सेवाग्राही र सहयोगीको भूमिका देखेर मन हलुका र प्रसन्न रहनेछ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । परिवारमा कुनै अतिथिको आगमन हुनाले वा कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने प्रयास गर्नुहोला । आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

व्यर्थका कुराकानीमा समय व्यतीत गर्न मन पर्नेछ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारबाट लाभ पाउन सकिन्छ, तर असम्भव आशामा अल्झिएर स्वास्थ्यप्रति असचेत नबन्नुहोला । भान्साको काम गर्दा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउने दिन हो, सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अत: टुप्पी कसेर मिहिनेत गर्ने समय छ, लापरवाही नगर्नुहोला । मन हलुका र चङ्गा हुने समय छ । व्यक्तिगत साजसज्जा, रूपविन्यास र सौन्दर्यप्रति आकर्षित बन्नुहुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

न्यायिक वा प्रशासनिक कामका लागि अनुकूल समय छ, तथापि मनमा चिन्ता, शङ्का र प्रतिद्वन्द्विता बढ्ने दिन हो, अत: आवेग र रिसमाथि नियन्त्रण गरेको जाति हुन्छ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भलाकुसारी गरी भावना साटासाट गर्नु राम्रो हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भूमिनन्दनाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो । नयाँ कामको प्रस्ताव आउनेछ र बुद्धिको प्रयोग गरेमा लाभसमेत पाउन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आफ्नो काममा मात्र होइन, घरपरिवारलाई पनि केही समय छुट्याउनु राम्रो हुन्छ, नत्र आपसी विचारविमर्शमा खाडल सिर्जना हुनसक्छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्न सक्छन् । आन्तरिक विषयमा गोपनीयता कायम राख्नु ठीक हुन्छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सँगीसाथीसँग अलमलिंदा वा आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर यथासम्भव तालमेल मिलाउनु राम्रो हुन्छ । सन्तान वा भाइबहिनीका लागि थप लगानी बढाउने परिस्थिति छ, उता बुद्धि र विवेकको सही परिचालन हुन सक्दैन र कार्यक्षेत्रमा खप्की खानुपर्ने हुन्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री, हातहतियार, निर्माणसामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने आज आत्मविश्वास बढ्नेछ, प्रयास गर्नुहोस् सफलता तपाईंको मुट्ठीमा हुनेछ । काम र पेसाप्रति विशेष रूचि र निष्ठाभावको उदय हुने र गरेका कामबाट राम्रो आम्दानी हुने समय छ । कमाएको धन कि त सञ्चित हुनेछ वा आधारभूत खर्च टार्न उपयोग गरिने छ । आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । लगनशील भएर ध्यान केन्द्रित गरेमा उत्कृष्ट परिणाम प्राप्त हुने समय हो, अझ मिहिनेत गर्नुहोस्, तपाईंको प्रयासमा भाग्यले समेत साथ दिनेछ । विचार र योजनालाई कार्यान्वयन तहमा उतार्न परिश्रम र लगनशीलताको खाँचो पर्नेछ, जुन काम गरे पनि अनुभवी र जान्नेबुझ्नेको राय लिई अघि बढ्नु ठीक हुनेछ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मन भावुक र चञ्चल बन्नसक्छ, दिनभरि कार्यक्षेत्रमा व्यस्त हुनुपर्ने भएकाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन छ । घमण्ड र अभिमानले शरीरमा डेरा जमाउने समय हो । गलत तरिका अपनाउँदा केही धनलाभ पनि हुनसक्छ, तर आज कुभावना र अन्याय गर्नबाट जोगिएको जाति हुन्छ । व्यापारमा लगानी बढाउने समय हो, खर्च लागे पनि अहिलेको प्रयासले पछिलाई फाइदा हुनेछ । कारोबारमा थप सफलता पाउन प्रतिस्पर्द्धामा जानुपर्ने हुन्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

nepalijanatakhabar

समबन्धित समाचार