आज ज्येष्ठ ०७ गते शनिवारको हेर्नुस् राशिफल सेयर गरी पशुपतिनाथको दर्शन गरौ

वि.सं. २०७९ ज्येष्ठ ०७ गते शनिवार तदनुसार ई. सं. २०२२ मई २१ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (वछलागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, चन्द्रास्त : बिहान ०९:५५ बजे र चन्द्रोदय : बेलुका १०:११ बजे. काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:५४ बजेज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि, बेलुका ०८:१३ बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०६:२१ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, भोलि बिहान ०४:५६ बजेसम्म, अन्तिममा धनिष्ठा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, दिउँसो ०१:१७ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा गर करण बिहान ०९:१९ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:१३ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक) आनन्दादि योग : चर, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम (बेलुका ०८:१३ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०३:३५ सम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) एवं हलचक्रहलचक्र जुरेको दिन

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०८ गते : श्री रवि सप्तमी व्रत, अष्टमी व्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्रव्यप्रयोग (द्रष्टव्य : भद्रा विचार गरी कार्य गर्ने) ०९ गते : गोरखकाली पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृह प्रवेश, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र १० गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । कर्मको प्रतिफल प्राप्त हुँदा मानसम्मान बढ्नेछ, उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइनेछ । ठूलाबडाको सद्भाव प्राप्त भएमा नबन्ने काम पनि बनाउन सकिने छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विश्वकर्मणे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । सामाजिक वा परोपकारी काममा मन जानेछ । भााग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले व्यवसाय बढाउने नयाँ अवसर प्रदान गर्नेछन्, प्रतिस्पर्द्धीले सिर्जना गरेको नकारात्मक कुरामा ध्यान नदिई आज आफ्नो काममा फोकस गर्ने दिन हो । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सुराचार्याय नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । विशेष गरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउने दिन हो, आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय आफैंले भोग्ने परिस्थिति बनेको छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कार्यक्षेत्रमा निकै खट्नु परे पनि मनमा सन्तुष्टिको आभास हुनेछ, आज आफन्तसँग वा घरपरिवारमा केही समय बिताउनु राम्रो हुन्छ । लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । शरीर भारी र मन अस्थिर रहने सङ्केत छ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । घरको वातावरण सुख-शान्तिले भरिपूणर् रहनेछ । पतिपत्नीबीच उचित समन्वय कायम हुन्छ, तर दाम्पत्य सम्बन्धमा एकअर्काको भावनाको कदर गर्नु जरुरी देखिन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, तर आज नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : ध्वाँसे/कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो । सीपमूलक शिक्षाका विद्यार्थीका लागि क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रम गर्नोस्, राम्रो उपलब्धि पाउनु हुनेछ, साथै भाग्यले समेत साथ दिने समय छ । बुद्धि खियाएर गरिने कामका माध्यमबाट अथवा छोराछोरी वा अनुयायीका तर्फबाट शुभताको सङ्केत छ, कुनै जमघट वा समारोहमा सहभागी बन्न सकिन्छ, मौका पर्दा दमदार भाषण ठोक्ने र ताली पाउने दिन हो । आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भुवनेश्वर्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

केही असहजता वा बाधा आइलाग्न सक्छन्, तर प्रेमभावमा भएको पवित्रता र सद्भावले सबै बाधा दूर हुनेछन् । नयाँ योजना सुरु गर्ने, राम्रो अवसर मिल्ने तथा नयाँ ज्ञान सिक्ने मौका छ । धैर्य एवं लगनशीलता भएमा ताकेको काममा सफलता मिल्नेछ । दिगो लगानीबाट फाइदा हुनेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट फाइदा लिन सकिने छ । थोरै समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलपूजितायै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग रहने दिन हो । कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय छ, तर शङ्कास्पद र कमजोर पक्ष विचार गरी अघि बढ्नु ठीक हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

ज्ञान, अनुभव वा सीपको प्रयोग गर्ने समय छ, प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै सम्मान प्राप्त गर्न सकिन्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । कार्यक्षेत्रमा व्यस्त रहँदा गर्नैपर्ने काममा बाधा हुनेछ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउने छन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्राविधिक कार्यमा सफलता पाइनेछ । सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्धमा सुदृढता आउनेछ । घरजग्गा वा कुनै स्थिर सम्पत्तिका लागि धनसञ्चय गर्न सकिने छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर् भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सबल भइने छ, कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई आफन्त वा सहकर्मीका बीचमा सेयर गरेमा समाधानको बाटो पहिल्याउन सकिन्छ । अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । कार्यक्षेत्र र लवलाइफ दुबै क्षेत्रमा सफलता र आनन्द पाउने समय छ । पार्टनरलाई कुनै उपहार दिएमा आपसी सम्बन्ध र विश्वासमा अझ प्रगाढता छाउने छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सूर्यात्मजाय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार