शान्ति श्री परियार र विक्रम परियारको दोहोरी गित पाखे बजारमा चर्चा बटुल्दै (हेर्नुस् भिडियो सहित)

प्रकाश दर्नाल शितल दोहा कतार 

पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फी रुचाइएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

 

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायक विक्रम परियारको नयाँ दोहोरी गित ‘पाखे’ यतिबेला चर्चामा छ ।

लोकप्रिय गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको आवाजमा सजिएको उक्त गितमा दोहोरी सर्जक कमल खनालको उत्कृष्ट लय शब्द सिर्जना रहेको छ । गाऊले जीवन र शहरीया जीवन विचको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ ।

 

पछिल्लो समयका अत्यन्तै व्यक्त निर्देशक विनोद भण्डारीको उत्कृष्ट निर्देशन एवम् कथामा तयार भएको गितको म्युजिक भिडियोमा अनिल पौडेल र नारायणी खत्रीको अभिनय रहको छ ।

 

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतीको छायांकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै मर्मस्पर्शी बनेको छ ।

 

गधौली क्रियशन को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो बिक्रम परियाको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

 

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

 

 

सम्बन्धित समाचार