सुत्नु अघि बुढा सुब्बा मन्दिर चोखो मनले ॐ लेखी सेयर गरी दर्शन गरे मागेको कुरा पुरा हुने विश्वास 

सुनसरीको धरानमा अवस्थित बुढा सुब्बा मन्दिर प्रति श्रदालु भक्तालुको विश्वास बढ्दै जान थालेको छ । आस्थाका साथ पुजाआज गरे चिताएको पुग्ने भक्तालुहरु बताउछन् । मन्दिरमा भेटिएका तेह्थुमका ८६ वर्षिय हर्कध्वज लिम्बुले बुढा सुब्बा मन्दिरमा श्रद्धापूर्वक पुजा गरे मागेको पुग्ने गरेको आफ्नो अनुभव सुनाउनु भयो ।

विरामी पर्दा सपनामा बुढा सुब्बा मन्दिर देखिन्छ विहान पख सबेरै उठेर मन्दिरको भाकल गर्दा औषधी नखाई धेरै पटक बिराम सञ्चो भएकाले भाकल बुझाउन छोरा संग मन्दिर आएको लिम्बुले बताउनु भयो ।

 

लिम्बु जातको चेलीमाईती एकै स्थानमा अल्पेको र सुब्बाले प्रयोग गर्ने धनु गाडेको धनुबाट बाँस फलिएर धनुबाट पलाएकोे बाँसहरु अहिले प्रशस्त फैलिएको छ । बाँस फैलिएर गएपनि मन्दिर भित्रको बाँसका टुप्पाहरु पलाएका केही समयमा नै बिलाउन पुग्दा साँच्चै भगवान छ भन्ने विश्वास मन्दिरमा आस्था राख्नेहरु बताउँछन् ।

यस मन्दिरमा पुजा गर्नाले चिताएको काम पुरा हुन्छ भन्ने विश्वास बढेसंगै मानिसले पुजा गर्न थालेपछि बुढा सुब्बा मन्दिरमा पुजा गर्ने चलन रहेको पुजारी पुष्पा आले ले जानकारी दिनु भयो ।

 

मन्दिरमा फूलपाती चढाई पूूजा गर्नाले आफुले मागेको कुरा पुग्ने र चिताएको काम बन्ने धार्मिक विश्वास छ । मन्दिरमा दर्शन गरे चिताएको पुग्ने थाहाँ पाएपछि पुजा गर्न टाढा टाढाबाट श्रदालु, भक्तालुहरु आउने क्रम अहिले बढेको छ ।

१०÷१२ हजार वर्ष अगाडी सुब्बा जातको दाजु बहिनी सिकार खेल्दै घुम्दै आएको बखत बाँस बस्ने क्रममा सुब्बा दाजु बहिनी त्यही बेला अल्पेपछि मन्दिर निर्माण गरी पुजा गर्न थालिएको स्थानीय जानकारहरु बताउछन् ।

 

 

आफ्नो कामना पुरा होस भनी मन्दिरको दर्शन गर्न र फुलपाति चढाउन मानिसहरु बाक्लै आउने गरेका छन् । गोरखा स्थायी घर भएका कुमार गुरुङ्ग काठमाण्डौंबाट मन्दिरमा दर्शन गर्न आएको बताउनु भयो ।

 

मन्दिरमा फूलपाती चढाई पुजा गर्नाले चिताएको काम पुरा हुन्छ भन्ने हामीले सुनेका थियौं त्यसैले काठामाण्डौ देखि विद्यार्थीहरु सहित मन्दिरको दर्शन गर्न धरान आएको गुरुङ्गले जानकरी दिनु भयो ।

सम्बन्धित समाचार