चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाइ लाग्यो झड्का सर्वोच्च अदालतमा मुद्धा दायर

काठमाडौं २६ साउन ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।

कलाकार केसी अध्यक्षमा नियुक्ती भएको विरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको हो । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै अध्यक्षमा अन्य उम्मेदवारले उनीविरुद्ध मुद्धा दायर गरेका हुन् ।

उनीहरुले साउन ९ गते बसेको मन्त्रिपरिषद्को निर्णय खारेज माग गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष नियुक्त हुनको लागि स्नातक उत्तीर्ण हुनुपर्ने नियम रहेको छ ।

तर केसीको भने मात्र प्रमाणपत्र तहको शैक्षिक योग्यता रहेको छ । केसी विरुद्धको रिट सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता भइसकेको र प्रारम्भिक सुनुवाइ सोमबार हुने जानकारी दिए ।

सम्बन्धित समाचार