महावै प्रवास समाज कालिकोट द्वारा धार्मिक मेलामा निशुल्क चियापान कार्यक्रम सम्पन्न 

वायु प्रधुशन
nepalijanatakhaba

कर्णाली प्रदेश कालिकोट जिल्ला माहावै गाउँ पालिका बाट बिश्वका विभिन्न देशमा छरिएर रहेका सबै महावै गाउँ पालिका बासी दाजुभाइ बीच भाइचारा सम्बन्ध कायम गर्न र दुर्गम जिल्ला कालिकोट कै एक दुर्गम गाउँ पालिका माहावै गाउँ पालिकाको समग्र बिकास मा टेवा पुर्याउने उद्देश्यले गठन भएको यश महावै प्रवास समाज कालिकोट द्वारा २०७९/४/२६ गते बिहिवारका दिन चियापान कार्यक्रम सम्पन्न गरेको छ

 

 

२०७९ /२/ २९ का दिन महावै गाउँ पालिका तीन निवासी अर्जुन सिह अनुरागी को नेतृत्व मा गठित यश महावै प्रवास समाज कालिकोट संस्था आज का मिति सम्म दुई महिना मात्र पुगेको छ र महावै गाउँ पालिका भित्र हुने राम्रो कामको सम्मान नराम्रो काममा खबरदारी गर्दै गाउँ पालिका बिकास सन्दर्भमा सकारात्मक सन्देश प्रवाह गर्दै यश संस्थाका दिनचर्या बिति रहेका छन यसै सिलसिलामा कालीकोट र दैलेखको सीमानामा पर्ने समुन्द्री सतहबाट झन्डै ४ हजार मिटर उचाइमा रहेको महाबु लेक जहाँ जनै पुणिर्माको दिन मेला लाग्ने गर्दछ ।

 

यश धार्मिक मेला लाग्ने ठाउँमा अत्यन्तै चिसो हुने भएकोले न्यानो पार्न थोरै सहयोग पुर्याउने उदेश्यले निशुल्क चियापान कार्यक्रम गर्ने निर्णय गरेर विश्व भरी छरिएर रहेका महावै गाउपालिका निवासी दाजुभाइ हरु मिलेर सहयोग संकलन गरि उक्त कार्यक्रम २०७९/४/२६ गते बिहिवारका दिन साढे सात बजे देखी बेलुका चार बजे सम्म निशुल्क चियापान गराइ कार्यक्रम सम्पन्न भएको छ सहयोग गर्नु हुने सहयोगी हाम्रो चियापान कार्यक्रम को लागि सहयोग मलेसियाबाट हरि सिंह (महावै-३) रु १४०० अर्जुन सिंह (महावै-३) रु २१०० पुर्ण बहादुर सिंह (महावै-४) रु २९०० कमल काफ्ले (महावै-२) रु ३००० दिपक शाही छोरा को नाम देवान शाही को नाममा (महावै-२) रु ७१०० जापान बाट बविन शाही (महावै-१) रू २००० साउदी अरब बाट मदन विक ( महावै-७) रू ५००० साउद कोरिया बाट गोपाल बहादुर शाही(महाबै-३) ५०००० वोन जनक सिंह (महावै-४) ५०००० वोन रमेश सिंह (महावै-३) २०००० वोन प्रकाश सिंह (महावै-४) ५०००० वोन रमेश शाही (महावै-३) ५०००० वोन हिक्मत चौलागाईं (महावै-७ हाल बर्दिया ) ५०००० वोन राजेन्द्र बहादुर शाही महावै-७ ५०००० वोन सर्जन रावत (महावै-४) रू २००० सहयोग रहेको थियो यस मेलामा जुम्ला, कालीकोट, दैलेख, सुर्खेत र बाँकेसम्मका भक्तजनहरु बर्सेनि आउने गर्दछन् ।

 

nepalijanatakhabar

समबन्धित समाचार