मलेसिया । बुधबार, भदौ १० गते नेपालका रसुवाको गढीलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले गहिरो दुःख व्यक्त गरेको छ।
बिहीबार बिहान बसेको समाजको आपतकालीन बैठकले बाढीपीडितहरूको उद्धार तथा राहतका लागि समाजको तर्फबाट रु. १ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
पीडितहरूलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त निर्णयसँगै समाजले विपद्को यस कठिन घडीमा सहयोग गर्न इच्छुक सम्पूर्ण सहयोगी मनहरूलाई आफूले सक्ने सहयोग गर्न हार्दिक अपिल गरेको छ।
समाजका कोषाध्यक्ष प्रदीप भट्टले उक्त जानकारी नेपाली जनता खबर लाई दिनुभएको हो।
विपद्को यस कठिन घडीमा सबै एकजुट भई बाढीपीडितहरूको साथमा उभिऔँ।




प्रतिक्रया दिनुहोस्