बाजुराको बडिमालिका मल्लागिरी पर्वतमा २१ फिट लामो त्रिशुलको स्थापना

दिनेश खड्का’खप्तडी’

 

बाजुरा। धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उदेश्यले बाजुराको बडिमालिका मल्लागिरी पर्वतमा २१ फिट लामो त्रिशुलको स्थापना गरिएको छ ।

 

भौगोलिक अवस्था र विकाशका पुर्वाधारमा पछाडी रहेको बडिमालिका प्राकृतिक हिसाबले अझै सौन्दर्यता मानिन्छ।

 

समुन्द्री सतह देखि करिब ४२ सय बर्ग मिटरको उचाईमा स्थापना गरिएको त्रिशुली १४८ किलो रहेको छ । उक्त त्रिशुल मा डमरु र पन्चधातु बाट निर्माण गरिएको त्रिशुल स्थापना समितिका संयोजक डम्बर बहादुर खड्काले बताउनुभयो ।

 

स्वदेश तथा विदेशमा रहेका ७७ जना मनकारी हरुको आर्थिक सहयोगबाट उक्त त्रिशुलको स्थापना गरिएको हो।

 

पहिलो चरणमा संकलन भएको रकम ३ लाख ८२ हजार १ सय ७० संकलन भएको थियो भने दोस्रो चरणमा संयोजक बिरु खड्का बाट २५ हजार ५ रुपैयाँ र डम्मर बहादुर खड्का बाट २१ हजार ५ समय ५५ रुपैयाँ गरि ४ लाख २८ हजार ७ सय ३० संकलन भएको संयोजक खड्काले बताउनुभयो ।

 

यसैगरी त्रिशुली स्थापना गर्नको लागि ४ लाख ७ हजार ७ सय २१ रुपैयाँ खर्च भएको हो भने २१ हजार ९ रुपैयाँ बचत रहेको संयोजक खड्का ले बताउनु भयो ।

 

जनैपूर्णिमा को अवसरमा देश तथा बिदेशमा रहेर सहयोग गर्ने सबैको मनोकांक्षा पूरा होस भनेर स्थानिय पुजारी हरुलाई राखेर पुजाआजा समेत गरिएको छ । उक्त पुजाआजा कार्यक्रम मा लाल बहादुर बुढा, दान बहादुर खड्का, प्रजय खड्का को प्रत्यक्ष सहभागिता रहेको थियो ।

 

पिछडिएको आफनो गाउँ बस्ती र यहाँको पर्यटकीय धार्मिक स्थलहरू को प्रचार प्रसार,र त्यसको संरक्षण सम्वर्द्धन को लागि सदैब प्रतिवद्ध रहेको

बडिमालिका पर्यटन ब्यबस्थापन समितिका प्रमुख सल्लाहकार एवं त्रिशुली स्थापना समितिका संयोजक बिरु बहादुर खड्काले बताउनु भयो ।

 

सम्बन्धित समाचार