जनताले आफ्नो गाँस काटेर भएपनि केहि गर्न खोज्नेलाई माया नै गरेको हुन्छ (बिबेक मोक्तान)

जनताले गरेको माया अपार हुँदो रहेछ | जनताले जहिले पनि नयाँ चिजको आशा र अपेक्षा गरेको हुन्छ | जनताले आफ्नो गाँस काटेर भएपनि केहि गर्न खोज्नेलाई माया नै गरेको हुन्छ | एउटा भनाइ छनि जनता इतिहासका निर्माता हुन्, जनता जनार्दन हुन्, जनता न्यायाधिश पनि हुन् |

तर नेपालका नेताहरुले जनताको माया बुझ्न सकेनन् | अरुको कुरा धेरै नगरौ, जनयुद्धको बेला रोल्पा रुकुम लगायत देशैभरीको जनताले माओवादीका नेताहरुलाई धेरै माया गरे, बुइगालमा लुकाएर दुश्मनबाट बचाए | बुइगालमा नै दिशापिसाब गरे, जनताले घिन नमानी नमानी दिसापिसाब सोहरे |

तर सत्ताको स्वाद पाइसकेपछि सबै बिर्से, त्यहि जनतालाई नै धारे हात लगाई सरापे, आफुलाई भोट दिएन भने सबै चिजबाट कटौती गरे | हिजो त्यहि जनताको घरको खोले फाँडो अमृत मानेर खाए, आज त्यहि जनताको घरमा पैताला टेक्न हिच्किचाउछन् | अनि जनताले पनि पैंचो तिर्छन | चुनाव आउँदा पिठ्यु फर्काइ दिन्छन | यो तस्विरमा देखिएको मकै भटमास र उसिनेको आलु पनि जनताले दिएको अपार मायाको चिनो हो |

 

रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका ७ थन्सिङ

सम्बन्धित समाचार