बालेन्द्र साहलाई साथ दिनुपर्छ, महामन्त्री विश्वप्रकाश शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाण्डाै उपत्यकाकाे फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ ।

 

शुक्रवार काठमाण्डाैमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाण्डाैकाे फोहर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो ।

यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने उहाँकाे भनाइ थियाे । उहाँले फोहर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । कही स्वतन्त्रहरू, कहीँ दलहरू जिम्मेवारीमा पुग्छन् ।

तर तीन तहकाे सरकार हुँदा पनि काठमाण्डाैमा बिहान र बेलुकाकाे गरेर दुई खेपको फोहर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । काठमाण्डाैजस्तो सहरमा फोहर उठाउने कुरा र यसको दीर्घकालीन समाधानका बारेमा सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्छ ।’

 

महामन्त्री शर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाका नागरिकककाे मागको पनि सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । समस्या समाधानका लागि सङ्घ, प्रदेश र पालिका सबै जिम्मवार हुनुपर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार