अर्जुन सिंह अनुरागीको मन छुने दस (मुक्तक) तिम्रो दिलको मजेरी मा बाँस हैन दास बन्न पुगेछु

तिम्रो लागी गर्न सम्म गरे अब सक्दिन होला

कष्टकर जिबन को लामो बगर तर्दिन होला

कहिले प्रेमका कुरा त कहिले दुखका कुरा

तिमी बुझ्दै बुझ्दैनौ त्यसैले म गर्दिन होला

 

तिम्रो मुस्कान भित्र हराउन पाए हुन्थ्यो

सगसगै एक प्रेम गित गाउन पाए हुन्थ्यो

एकान्तमा सुस्केरा हाल्दै मनमनै भन्ने गर्छु

प्रेमिका सम्झी पोखरा घुमाउन पाए हुन्थ्यो

 

प्रेमका कुरा गरौं या मृत्यु जित उसैको हुन्छ

राम्रो नराम्रो भनी घृणा गर्ने रित उसैको हुन्छ

जसको बोलिमा सधै प्रेम भाव देखिने गर्छ

सदा सदा त्यो ब्यक्ति सँग मित उसैको हुन्छ

 

पानीले हैन हजुर घामले पोल्ने बनाउछ

छोडेर जाने मायाले हजुर बोल्ने बनाउछ

विगत सम्झेर कहिल्यै नपछुताउनु होस्

रमाइला याद भए पनि पिरोल्ने बनाउछ

 

 

छोरा होस् या छोरी बोलीको पक्का हुन पर्छ

शरीर हल्लायो यो भुकम्पको धक्का हुन पर्छ

बाउन्न तासका तिर्पुन्न खेल जानेको छैन रपनि

पानको दैला मार्ने हुकुमको छ्क्का हुन पर्छ

 

 

जेजस्तो हुन्छ पेट भरीको आहारा दिन्छु

ढुक्क हौं जिउँदो रहे सम्म साहारा दिन्छु

झोपडीमा जन्मेर झोपडिमै हुर्केको मान्छे

एक झोपडी र त्यो खेतबारी सारा दिन्छु

 

सुमधुर सम्बन्धका लागि सफा मन हुन पर्छ

तर संसारमा धेरैले भन्ने गर्छन् धन हुन पर्छ

आगनमा बसेर ढकमक्क गुराँस फुलेको हेर्न

घरको नजिकै हरा बरा हरियो बन हुन पर्छ

 

अब देखी मलाई हेर्ने अँखा फुल सम्झी दिन्छु

तिमिले गरेका सबै गल्ती भुल सम्झी दिन्छु

सधैं सकारात्मक सोच राख्ने अठोट मात्र गर

तिर्खाएको मनले याद गर्ने मुल सम्झी दिन्छु

 

तिम्रो दिलको मजेरी मा बाँस हैन दास बन्न पुगेछु

तिम्रो ब्यवहार ले आज जिउँदो लास बन्न पुगेछु

यो समय तिम्रै हो घृणा गर हेला गर या माफ गर

एक नशामा हरेक सेवन गर्ने बदमास बन्न पुगेछु

 

हरेक बिहानीमा स्वतन्त्र सास फेर्न पाउनु पर्छ

आजै जनताले सुनौलो संसार हेर्न पाउनु पर्छ

हामी शारा नेपालीले जुनसुकै पार्टी होस् या पंक्ति

भ्रष्ट कुख्यात नेताको खुलेर बिरोध गर्न पाउनु पर्छ

सम्बन्धित समाचार