हरिशरण लामिछानेको घोषणा माओवादीले काठमाडौं–३ बाट कुलमानलाई उठाए सहयोग गर्ने

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौंं, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने तयारी गरिरहेका चर्चित सञ्चारकर्मी हरिशरण लामिछानेले माओवादी केन्द्रले काठमाडौं–३ बाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई चुनाव उठाउने भए आफूले सहयोग गर्ने घोषणा गरेका छन् ।

 

पछिल्लो समय माओवादीले घिसिङलाई काठमाडौं ३ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवार बनाउनेगरि तयारी थालेको समाचार बाहिर आएका थिए । उक्त समाचार बाहिरिएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

फेशबुकमार्फत उनले कुलमानसँगको तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्-“स्वतन्त्र-पथ” सामाजिक संजालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनाबमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर “स्वतन्त्र उम्मेदवारी” दिनुहोस् । आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ। तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु। आफ्नै पेशाबाट मैले एउटा साम्सद भन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु। कुनै अमुक पार्टिको मोहोरा बन्नु भन्दा “स्वतन्त्र-पथ”मा आउनुस कुलमान सर, अर्को इतिहास कोरिने छ।

यदि यो समचार गलत हो भने मान्नुस, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिदै छ। समय अझै छ। चेतना भया!!!” रिपोर्टर्स नेपाल बाट

 

nepalijanatakhabar

समबन्धित समाचार