वीरगंज
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा भलुआई सिंचाई योजना अन्तर्गत १६ करोडको लागतमा निर्माण हुन् गरीरहेको बाँधको आज सोमबार निरिक्षण गरिएको छ ।
जिल्ला सिंचाई योजनाका प्रमुख सुरेन्द्र जैसवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको टोलीले निरिक्षण गरेको हो ।
निरिक्षणका क्रममा जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , जसपाका युवा नेता शिव कुमार साह , पटेर्वा सुगौली गाउँपालिकाका पूर्व मेयर हरिनारायण रौनियार लगायत स्थानीय जनताको सहभगिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्