सुम्निमा युनाईटेड फुटबल क्लब मलेसियाले यहि अक्टोबर २३ र २४ तारिख फुटबल प्रतियोगिता गर्ने

मलेसिया। सुम्निमा युनाईटेड फुटबल क्लब मलेसियाले यहि अक्टोबर २३ र २४ तारिख फुटबल प्रतियोगिता(गोल्डकप) को आयोजना गर्ने भएको छ।

ईपोको वाईमएसिए फुटबल क्लबको खेलमैदानमा सञ्चालन हुने उक्त गोल्डकपमा प्रथम हुनेलाई मलेसियन आठ हजार एक रिङ्गेट नगद साथै च्याम्पियन ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुनेलाई मलेसियन रींगेट चार हजार एक नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यस्तै उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई पुरस्कृत समेत गरिने आयोजकले बताएको छ। ।

सुम्निमा युनाइटेड क्लबको स्थापना २०१५ मा भएको थियो । स्थापनाकाल देखि २०१८ सम्म सुम्निमा गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करण सम्पन्न भएको थियो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड –१९ का कारण पाँचौ संस्करण लम्बिएको हो । वैदेशिक रोजगारीको विकल्प अंगालेका फुटबल खेलाडीहरुका लागि यो प्रतियोगिता आयोजना गर्न पाउँदा आफु  अत्यन्त्यै खुसि रहेको क्लबका फाउण्डर साम्पाङ ले बताए ।

मलेसियामा लामाे समय देखि ब्याबसायिक गर्दै आएका युवराज साम्पाङ समाजसेवा र खेलकुद क्षेत्र लगायत विभिन्न प्रतिभाहरू लाई हौसला दिन कार्यक्रमहरू स्थानिय र अन्तर्राष्ट्रिय चार्ड पर्वको अवसरमा आयोजना गर्दै आएका छन्।

पाँचौ संस्करणको प्रतियोगिताको लागि मुख्य प्रायोजक रिया-आईएमईले गरेको छ । यस संस्करणको नामाकरण पाँचौ सुम्निमा रिया-आईएमई गोल्डकप रहेको छ ।

प्रतियोगितामा १२ फुटबल टिम भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा ११ मुख्य खेलाडि, ४ जना अतिरिक्त खेलाडि र २ जना अफिसियल रहने ब्यवस्था छ । टिम दर्ता गर्ने अन्तिम मिति यहि अक्टोबर १५ तारीख रहेको छ । सहभागी हुनको लागि  पध्र सय मलेसियान रिंगेट टिम दर्ता दस्तुर तोकिएको छ।

सम्बन्धित समाचार