अन्ततः मतपत्र ओसारिँदै जुम्लामा सेनाको हेलिकप्टर द्वारा

जुम्ला – जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र ओसार्न थालिएकाे छ । निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको छ ।

नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज बुधवार दुई पटक नेपाली सेनाको (एनए ०५५ ईसीयू (इक्वेरल) हेलिकप्टरले मतपत्र ओसारेकाे जानकारी दिनुभयाे । उहाँका अनुसार कर्णाली राजमार्गमा सडक बिग्रेकाले हेलिकप्टरमा मतपत्र ल्याउनुपरेको हो । काठमाण्डौबाट सुर्खेतमा गाडीमा आएकाे मतपत्र सुर्खेतबाट हेलिकप्टरमा जुम्ला ओसार्न थालिएकाे हाे ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बुधवार हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । भाेलि बिहीवार प्रत्यक्षतर्फकाे एक लाख ५३ हजार मतपत्र हेलिकप्टरबाटै ल्याइने मुख्य निर्वाचन अधिकृत गौतमले बताउनु भएको छ ।

 

सम्बन्धित समाचार