गोरखामा एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि यसरी आक्रमण भएपछि

काठमाडौं । गोरखामा नेकपा एमाले नेतामाथि समूहिक आक्रमण गरीएको छ । गएराति करिब ११ बजे खाना खाइरहेको समयमा एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि एक समूहले आक्रमण गरेका हुन् ।

 

आक्रमणबाट काफ्लेको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार काफ्लेमाथि पालुङटार नगरपालिका – ७ स्थित एक रिसोर्टमा खाना खाने क्रममा त्यही रहेका युवाहरुले एकासी आक्रमण गरेको हो ।

 

‘खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको भन्ने खुल्नमा आएको छ,’ गोरखाका डिएसपी लिलाराज लामिछानेले भने, ‘घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो।

 

अहिले काफ्लेलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले बताएको छ । काफ्ले सँगै रहेका एमाले खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङमाथि पनि आक्रमण भएको जनाइएको छ । उनीहरुमाथि आक्रमण गर्ने युवाहरु पनि एमालेकै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि उनीहरुका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा तनहुँका अजित पन्त र राम थापा रहेको प्रहरीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार