दुःखद खबर: जीप दुर्घटना हुँदा ६ जना घाइते जुम्लामा निर्वाचन सामग्री बोकेको….

जुम्ला । जुम्लाको सदरमुकाम खलंगा बजारबाट मतदान स्थलतर्फ जादै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जिल्लाको तिला गाँउपालिका–४ स्थित रावलवाडाको ताँती मतदान स्थालतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना हुँदा एक जना मतदान अधिकृत, एक जान सहायक मतदान अधिकृत, तीनजना प्रहर र एक जना कार्यालय सहयोगी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्म राज जैसीका अनुसार घाइते हुनेहरुमा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, मतदान अधिकृत हरि प्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदि प्रसाद न्यौपानेलगायत घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

 

सम्बन्धित समाचार