रामेछापमा मतदान गरेर फर्किदै गर्दा एक जना बृद्धको निधन

रामेछापको लिखु तामाकाशि गाउँपालिकामा मतदान गरेर फर्किदै गर्दा एक जना बृद्धको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ४ दुसिम निबासी बर्ष ७१ का ठग बहादुर सुनुवारको ज्यान गएको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिनुभयो ।

मतदान गरिसके पश्चात् मतदान स्थलबाट बाहिर निस्कने बित्तिकै अचानक बेहास भएका सुनुवारको अस्पताल लैजादा गर्दा बाटोमै ज्यान गएकोे अध्यक्ष महले बताउनुभयो ।

 

सम्बन्धित समाचार