काठमाडौंका सहित ११ सिटमा स्वतन्त्र पार्टीको देखियो अग्रता हेर्नुस् कुन कुन स्थानमा…

 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो विवरण अनुसार काठमाडौंको ४ सहित विभिन्न ११ सिटमा अग्रता कायम गरेको छ । सुनसरी, काठमाडौं, ललितपुर, चितवन, कास्की र रुपन्देहीमा सो पार्टीले अग्रता लिएको हो । पछिल्लो मत परिणाम अनुसार सो पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा एमालेका कृष्णभक्त पोख्रेल र गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई पछाडी पार्दै ५ हजार ५ सय ४२ मत ल्याएर अगाडी हुनुहुन्छ । एमालेका कृष्णभक्त पोखरेल ४ हजार २ सय ९१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

चितवनकै क्षेत्र नं एक मा हरि ढकाल अन्य उमेदवारलाइ पछि पार्दै ६ हजार ३ सय ६७ मतका साथ पहिलो स्थानमा देखिनुभएको छ । उहाँलाई एमालेका सुरेन्द्र प्रसाद पाण्डेले ६ हजार ४८ मत सहित पछ्याइरहनु भएको छ ।

काठमाडौंको क्षेत्र नंम्बर २ मा सोबिता गौतमले ७ हजार १ सय ८७ मत सहित शिर्ष स्थानमा रहँदा एमालेका मणीराम फुयाँल ५ हजार ४ सय ९० मत सहित दोस्रो स्थानमा रहेर पछ्याइरहनुभएको छ ।

काठमाडौं क्षेत्र नंम्बर ६ मा पहिलो स्थानमा रहेका शिशिर खनालले ५ हजार १ सय ८७ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका सर्वेन्द्र खनालले ३ हजार २ सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै काठमाडौं ७ र ८ मा पनि सो पार्टीले अग्रता कायम राखेको छ । ४ हजार १ सय १७ मतका साथ क्षेत्र नंम्बर ७ मा गणेश पराजुली पहिलो हुँदा दोस्रो स्थानमा रहेर पछ्याइरहेका एमालेका श्याम कुमार घिमिरेले ३ हजार ६ सय ६७ मत ल्याउनुभएको छ ।

क्षेत्र नं ८ मा विराजभक्त श्रेष्ठ ६ हजार १ सय ९ मतका साथ अन्य उम्मेदवार भन्दा अघि देखिनुभएको छ । उहाँको निकट्तम प्रतिद्धन्द्धी हाम्रो नेपाली पार्टीबाट लौरो चिन्हका उम्मेदवार सुमन सायमीले ४ हजार ६ सय १३ मत ल्याउनुभएको छ ।

यता ललितपुर ३ मा तोसिमा कार्की ८ हजार ७ सय ७१ मतका साथ पहिलो स्थानमा आउँदा एमालेका अमृत खड्का ६ हजार ७ सय ७७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

सुनसरीको क्षेत्र नं २ मा लालविक्रम थापा ८ सय ९४ मतका साथ अग्रस्थानमा पग्नुभएको छ । त्यस्तै ८ सय २ मतका साथ क्षेत्र नंम्बर ३ मा ंकमल बाबु मैनाली शिर्ष स्थानमा आउनुभएको छ ।

कास्की क्षेत्र नंम्बर २ मा माधवप्रसाद कंडेल ३ हजार ५ सय ४९ मतका साथ अन्य अगाडि देखिनुभएको छ । एमालेकी विद्या भट्टराई ३ हजार ३ सय ९९ मत सहित दास्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देही क्षेत्र नंम्बर २ मा गणेश पौडेलले ४ हजार २ सय ३५ मतका साथ पहिलो स्थानमा आउनुभएको छ । उहाँलाई एमालेका विष्णु प्रसाद पौडेलले ४ हजार ७२ मतका साथ पछ्याइरहनुभएको छ । रेडियो कान्तिपुर बाट

सम्बन्धित समाचार