झापा–५ मा एमाले अध्यक्ष ओली विजयी

काठमाडौं । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् ।

यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।

 

सम्बन्धित समाचार