अन्ततः काभ्रे-२ मा गोकुल बाँस्कोटा विजयी

काठमाण्डाै – काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले ४५ हजार ३ सय ४५ मत पाउनु भएको हो ।

कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईँलाई ५ हजार ८ सय ६३ मतले पछि पार्दै उहाँले चुनाव जित्नु भएको छ ।

हुमागाईँले ३९ हजार ५ सय ८२ मत ल्याउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत पाउनु भएको छ ।

 

 

सम्बन्धित समाचार