ताइवानकी राष्ट्रपतिद्वारा दलकाे अध्यक्ष पदबाट राजीनामा चुनावमा आफ्नो दल हारेपछि

स्थनीय चुनावमा आफ्नो दलले हार बेहोरेपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

हिजो भएको स्थानीय चुनावमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी)ले विजय हासिल गरेपछि राष्ट्रपति इङ–वेनले डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)को अध्यक्ष पदबाट राजीनामा दिनुभएको बीबीसीले जनाइको छ ।

 

डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ । मतदान परिणामलाई चीनको बढ्दो दवाबको अवज्ञा गर्ने राष्ट्रपति वेनको प्रयासको असफलताका रूपमा हेरिएको छ ।

 

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ । उहाँले हारको जिम्मेवारी आफूले नै लिएर पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको बताउनुभयो । उहाँ राष्ट्रपति पदमा भने रहिरहनुहुनेछ । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार