जानिराखौ : यसकारण शिवलिङ्गमा चढाएका प्रसाद खानु हुँदैन ! यस्तो छ कारण 

 

शिव तथा शिवलिङ्गमा चढाएका प्रसाद खानु हुन्छ कि हुँदैन ? यसबारेमा आफ्नै चलन रहेका छ । शिवलिङ्गमा चढाएको प्रसाद कसैले खाने र कसैले नखाने गरेका छन् । शिवपुराणकाअनुसार शिवजीलाई चढाएको प्रसाद ग्रहण गर्दा मानिसको समस्त पाप मेटिन्छ ।

 

तर वैष्णव लगायतका केही सम्प्रदायले भने शिवलिङ्गमा चढाएको प्रसाद खाँदैनन् । भूतप्रेतहरूको गणको प्रधान मानिने चण्डेश्वर भगवान् शिवको मुखबाट प्रकट भएको हो र ऊ सधैं शिवजीको आराधनामा लीन रहन्छ । शिवङ्गिगमा चढाएको प्रसाद उसकै भागमा पुग्छ ।

 

कसैले यो प्रसाद खाएमा भूतप्रेतको अंश ग्रहण गरेको ठहर्छ । यही कारण शिवलिंगमा चढाएको प्रसाद नैवेद्य खान मनाही छ ।शिवपुराणको विद्येश्वरसंहिताको बाईसौं अध्यायमा एउटा श्लोक छ । जुसमा लेखिएको छ, ‘चण्डाधिकारो यत्रास्ति तद्भोक्तव्यं न मानवैः ।

 

 

चण्डाधिकारो नो यत्र भोक्तव्यं तच्च भक्तितः ’ अर्थात चण्डको अधिकार भएको शिवलिङ्गमा अर्पित प्रसाद मनुष्यहरूले ग्रहण गर्नुहुँदैन । तर चण्डको अधिकारमा नभएको शिवजीलाई अर्पित प्रसाद ग्रहण गर्न सकिन्छ ।

 

 

शास्त्रीय मान्यताअनुसार, शिवलिङ्गको प्रसाद ग्रहण गर्नु नगर्नुमा शिवलिङ्ग कुन धातु वा पदार्थबाट बनेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामान्य माटो, ढुंगा वा चिनियाँ माटोबाट बनेको शिवलिङ्गमा चढाएको भोग प्रसादका रूपमा ग्रहण गर्नुहुँदैन ।

 

 

तर शिवलिङ्ग धातु, नर्मदाको तटमा पाइने पत्थर वाणलिङ्ग वा पारोबाट बनेको छ भने त्यसमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । यो चण्डेश्वरको अंश नभएर महादेवको भाग भएकाले यसलाई ग्रहण गर्दा व्यक्ति दोषमुक्त मात्र नभई उसको जीवनको बाधा पनि नष्ट हुन्छ ।

 

 

यसबाहेक कुनै शिवलिङ्गलाई शालिग्रामका साथ पूजा गरिन्छ भने जुन पदार्थबाट बनेको भएपनि त्यसमा समर्पित प्रसाद दोषमुक्त हुन्छ र ग्रहण गर्न सकिन्छ । शिवजीको साकार मूर्तिमा चढाइएको प्रसाद पनि पूर्ण रूपमा ग्रहणीय हुन्छ र व्यक्तिलाई शिवकृपा प्राप्त हुन्छ ।

 

 

स्वयम्भू लिङ्ग अर्थात् भक्तहरूको कल्याणका लागि स्वयं प्रकट भएका सबै शिवलिंगमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । अर्थात् पशुपतिनाथमा चढाएको प्रसाद अवश्य नै ग्रहण गर्नुपर्छ । यो प्रसाद लिने व्यक्तिका समस्त पाप नाश हुन्छन् ।

 

सिद्ध गरिएका शिवलिङ्ग अनि शिवतन्त्रको दीक्षा लिएका शिवभक्तले शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्न सकिन्छ । ग्रहण गर्न नमिल्ने भनिएका प्रसाद पनि त्यत्तिकै मिल्काउन हुँदैन, त्यसो गर्दा पाप लाग्छ । त्यस्ता प्रसादलाई नदी वा अन्य जलमा प्रवाहित गरिदिनुपर्छ ।

 

 

शिव तथा शिवलिङ्गमा चढाएका प्रसाद खानु हुन्छ कि हुँदैन ? यसबारेमा आफ्नै चलन रहेका छ । शिवलिङ्गमा चढाएको प्रसाद कसैले खाने र कसैले नखाने गरेका छन् । शिवपुराणकाअनुसार शिवजीलाई चढाएको प्रसाद ग्रहण गर्दा मानिसको समस्त पाप मेटिन्छ ।

 

 

तर वैष्णव लगायतका केही सम्प्रदायले भने शिवलिङ्गमा चढाएको प्रसाद खाँदैनन् । भूतप्रेतहरूको गणको प्रधान मानिने चण्डेश्वर भगवान् शिवको मुखबाट प्रकट भएको हो र ऊ सधैं शिवजीको आराधनामा लीन रहन्छ ।

 

 

शिवङ्गिगमा चढाएको प्रसाद उसकै भागमा पुग्छ । कसैले यो प्रसाद खाएमा भूतप्रेतको अंश ग्रहण गरेको ठहर्छ । यही कारण शिवलिंगमा चढाएको प्रसाद नैवेद्य खान मनाही छ ।शिवपुराणको विद्येश्वरसंहिताको बाईसौं अध्यायमा एउटा श्लोक छ ।

 

 

जुसमा लेखिएको छ, ‘चण्डाधिकारो यत्रास्ति तद्भोक्तव्यं न मानवैः ।चण्डाधिकारो नो यत्र भोक्तव्यं तच्च भक्तितः ’ अर्थात चण्डको अधिकार भएको शिवलिङ्गमा अर्पित प्रसाद मनुष्यहरूले ग्रहण गर्नुहुँदैन । तर चण्डको अधिकारमा नभएको शिवजीलाई अर्पित प्रसाद ग्रहण गर्न सकिन्छ ।

 

 

शास्त्रीय मान्यताअनुसार, शिवलिङ्गको प्रसाद ग्रहण गर्नु नगर्नुमा शिवलिङ्ग कुन धातु वा पदार्थबाट बनेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामान्य माटो, ढुंगा वा चिनियाँ माटोबाट बनेको शिवलिङ्गमा चढाएको भोग प्रसादका रूपमा ग्रहण गर्नुहुँदैन ।

 

 

तर शिवलिङ्ग धातु, नर्मदाको तटमा पाइने पत्थर वाणलिङ्ग वा पारोबाट बनेको छ भने त्यसमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । यो चण्डेश्वरको अंश नभएर महादेवको भाग भएकाले यसलाई ग्रहण गर्दा व्यक्ति दोषमुक्त मात्र नभई उसको जीवनको बाधा पनि नष्ट हुन्छ ।

 

 

यसबाहेक कुनै शिवलिङ्गलाई शालिग्रामका साथ पूजा गरिन्छ भने जुन पदार्थबाट बनेको भएपनि त्यसमा समर्पित प्रसाद दोषमुक्त हुन्छ र ग्रहण गर्न सकिन्छ । शिवजीको साकार मूर्तिमा चढाइएको प्रसाद पनि पूर्ण रूपमा ग्रहणीय हुन्छ र व्यक्तिलाई शिवकृपा प्राप्त हुन्छ ।

 

 

स्वयम्भू लिङ्ग अर्थात् भक्तहरूको कल्याणका लागि स्वयं प्रकट भएका सबै शिवलिंगमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । अर्थात् पशुपतिनाथमा चढाएको प्रसाद अवश्य नै ग्रहण गर्नुपर्छ । यो प्रसाद लिने व्यक्तिका समस्त पाप नाश हुन्छन् ।

 

सिद्ध गरिएका शिवलिङ्ग अनि शिवतन्त्रको दीक्षा लिएका शिवभक्तले शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्न सकिन्छ । ग्रहण गर्न नमिल्ने भनिएका प्रसाद पनि त्यत्तिकै मिल्काउन हुँदैन, त्यसो गर्दा पाप लाग्छ । त्यस्ता प्रसादलाई नदी वा अन्य जलमा प्रवाहित गरिदिनुपर्छ ।

 

सम्बन्धित समाचार