धन कमाउने सपना बोकेर कुवेत पुगेका १२ जना नेपाली अलपत्र स्वदेश फर्किन हारगुहार

देशमा रोजगार नभएपछि नेपाली युवा हरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् यस्तै अहिले अक्टुबर २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुँदै कुवेत Falcon Kuwaitiya Company मा काम गर्नका लागि पुगेका १२ जना नेपाली अलपत्र परेका छन् ।

 

उनि हरुसंग थोरै रकम रहेको पनि सकिसकेको र खान बस्न समेत अपठ्यारो परेको उनि हरुले बताएका छन् काम गरौ कम्पनीले काम दिएको छैन् भएको पैसा सकियो अहिले उद्धारको लागि हारगुहार गरिरहेका छन्।

 

नेपाल बाट पठाउने मेनपावर कम्पनी रियल रेडियन्टल इन्टरनेशनल प्रा. लिले पठाएको हो युवाको हरुले उक्त मेनपावर लाइ गुनासो गर्दा कुनै चासो नदेखाएको पिडित हरुको आरोप छ अहिले सम्म कुनै कामको टुंगो नभएकाले स्वदेश फर्किन चाहन्छन्।

 

पिडित युवाहरु भने विभिन्न जिल्लाका रहेका छन्

दाेरन पुकाश ओली डम्बर बहादुर ओली चित्र बहादुर बुढाथाेकि जीवन कुमार ओली पुरना बहादुर खत्रि सल्यान जिल्लाको रहेका छन् भने बलिराम राउत र एक राज अर्याल दाङ जिल्लाको रहेका छन् कमल देब महतो देपेन्द राय सर्लाही जिल्लाको रहेका छन् बिजय तामाङ नुवाकाेटका हुन् लक्ष्मन मगर बाम देप थापा मगर तनहुँ जिल्लाको रहेका छन् ।

 

अहिले यि युवा हरु रोजगारीको कुनै टुंगो नभएपछि स्वदेश फर्किन नेपाली दुतावास संघ संस्था सञ्चार माध्याम मेनपावर कम्पनी लाइ हारगुहार गरिरहेका छन् ।

 

सम्बन्धित समाचार