प्रचण्डले लगाइदिए खादा र माला बालुवाटारपछि खुमलटार पुगे सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतको दौडधुप बढ्दो छ । बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न राउत प्रचण्डनिवास खुमलाटार पुगेको प्रचण्डको सचिवालयकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत राउतले जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड संग जनमत पार्टीका अध्यक्ष डा. सि.के राउतको बधाई तथा शुभकामना आदानप्रदान !!’

सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले हराएका राउतलाई अध्यक्ष प्रचण्डले निर्वाचन जितेकोमा बधाइ दिँदै सयपत्रीको माला लगाइदिएका थिए ।

प्रचण्डसँग भेट्नुअघि राउतलाई कांग्रेस नेता विमलेन्द्र निधिले लिएर बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री देउवासँग राउतले सत्ता गठबन्धन दलसँगै संघ र प्रदेश दुवैमा सहकार्य गर्दै सरकारमा पनि सामेल हुने बचन व्यक्त गरेका थिए । न्युज २४ नेपाल बाट

 

 

सम्बन्धित समाचार