तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरेको तथ्यांक सार्वजनिक 

सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिला लाई हेलिकोप्टरमार्फत उद्धार गरिसकेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भइरहेको छ।

 

 

 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७-७८ मा १०३ जना र आव २०७८-७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।

 

 

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ । बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

 

 

सम्बन्धित समाचार