कीर्तिपुरमा स्कूल बसले ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाडौं । कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र मुख्यालयका एक प्रहरी जवानको मृत्यु भएको छ ।

घाइते रतलालाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा बझाङको जयपृथ्वीबहादुर नगरपालिका–५ कोटेलीका स्थानीय बासिन्दा रतलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कीर्तिपुरको वडा नम्बर–६ को चोभार गेट नजिक सशस्त्रका सुवासचन्द्र रतला सवार मोटरसाइकललाई मोडर्न इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार