गगन थापा संसदीय दलको नेताको चुनाव : देउवाविरुद्ध लड्ने भएपछि….

काठमाडौं, । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि आज उम्मेदवारी दिने कार्यतालिका छ । अहिले दिउँसो २ बजे दलको नेताको लागि उम्मेदवारी दिने कार्यतालिका तय भएको छ । संस्थापन पक्षबाट सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नै उम्मेदवार बन्ने भएका छन् ।

 

 

उता, संस्थापनइतर समूहबाट भने महामन्त्री गगनकुमार थापा लड्ने भएका छन् । यसअघि बसेको सो समूहको शीर्ष नेताहरुको बैठकले थापालाई दलको नेताको रुपमा अघि बढाउने निर्णय गरेको थियो।

 

गगनले आफ्नो समूहबाट दलको नेताको लागि एकल उम्मेदवारी दिने भएपछि अहिले शेखर समूहका नेताहरु सांसदहरुसँग निर्णायक छलफलमा जुटेका छन् । थापाले भने अब नेतृत्वमा हस्तक्षेप गर्ने भन्दै दलको नेतामा उठ्ने यसअघि नै घोषणा गरिसकेका छन्।

सम्बन्धित समाचार