कलाकार आकस्मिक कोष निर्माणको लागि कतारमा काठमाडौ म्युजिकल ब्यान्डले `नयाँ बर्ष धमाका´गर्दै…

प्रकाश दर्नाल शितल

दोहा, कतार : काठमाडौं म्युजिकल ब्यान्ड कतारले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष धमाका’ कार्यक्रम गर्ने भएको छ । यहि आउने शुक्रबार हुन लागिरहेको नयाँ वर्ष धमाका २०२३ ‘कलाकार आकस्मिक कोष निर्माण सहयोगार्थ’ आयोजना गर्न लागिएको हो ।

 

कतारमा रहेका कलाकारहरुलाई अफ्ठ्यारो परिस्थिति अर्थात आपत बिपद परेको बेला केही सहयोग गर्न सकियोस भन्ने उद्देश्य लिएर कोष स्थापना गर्न लागिएको कुरा ब्यान्डका ब्यबस्थापक तथा कार्यक्रम संयोजक रोशन अर्यालले बताउनु भएको छ।

लाइभ कन्सर्टसहित हुने धमाका कार्यक्रममा ब्यान्डले करिब एक दर्जन गीत प्रस्तुत गर्ने तयारी भएको पनि उहाँले जनता खबरलाई जानकारी दिनु भएको छ।

 

कतारलाई कर्मथलो बनाउदै साङ्गीतिक क्षेत्रमा आफ्नो भबिस्य देखेका दर्जनौं कलाकारहरुको सुन्दर प्रस्तुतिहरु रहने उक्त कार्यक्रममा उल्लेखिए नेपाली दर्शनहरु उपस्थित भएर भरपुर मनोरञ्जन लिने छन भन्नेमा पनि आयोजक ढुक्क छ।अबुहामुर स्थित आइडियल इन्डियन स्कुलमा बिहान ११ बजेबाट शुरु हुने कार्यक्रम साझ ६:०० बजेसम्म चल्नेछ भने कार्यक्रमको सम्पुर्ण तयारी सकिएको खबर ब्यान्डका अध्यक्ष नाजिर रहमानले बताए ।

सन् २०२२ फेब्रुअरी १४ का दिनमा स्थापना भएको ब्यान्डले गएको ईदमा मानव सेवा आश्रमका लागि एक सांस्कृतिक कार्यक्रमको सफल आयोजना गरिसकेको छ । यो कार्यक्रम पनि सोचेजस्तो सफल बनोस् ब्यान्डलाई हाम्रो तर्फबाट शुभकामना ।

सम्बन्धित समाचार