गृहमन्त्री लामिछाने भन्नु हुन्छ भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं

काठमाडौं, । सरकारले भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा न्यूनतम साझा कार्यक्रम भोलिसम्म ल्याउने सहमति भएको छ ।

 

 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यस्तो भनेका हुन् । उनले भने,‘सम्भवतः हामी भोलि नै न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्छौं ।’

 

न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले भ्रष्टाचार नियन्त्रणको लागि विशेष कदम चालिनुपर्नेमा जोड दिएको लामिछानेको भनाई छ । त्यस्तै, किसानलाई समयमै मल उपलब्ध गराउने, युवाहरुलाई रोजगारी दिने कुरामा जोड दिएको उनको बताएका छन्।

सम्बन्धित समाचार