रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गर्दै तारा एयरको ट्विनअटर जहाजले

गुल्मी, । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएका छन् ।

 

 

कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान गरिसकेको छ ।

 

२०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको हो । डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया अगाडी बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिल ध्वज पन्थीले बताए ।

 

डेमो उडान हुने भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ । आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार