अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा : २० जनाको मृत्यु ४० जनाभन्दा धेरै घाइते भए….

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएकाे छ ।

 

अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि भएको समाचार संस्था अल जजिराले जानकारी दिएको हो।

 

तालिबान सरकारले हताहतको सङ्ख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दाबी गरेकाे छ ।

सम्बन्धित समाचार