बिक्रम र शान्ति श्री को आवाजमा नेपाली मौलिकतामा आधारित  “गुल्मी छाप हिलेमा” बाेलकाे ( पन्चेबाजा ) गीत सार्वजनिक..

नेपाली गितसङ्गीतको बजारमा बिक्रम परियार र शान्ति श्री परियारको सुमधुर आवाजमा फेरि अर्को नेपाली मौलिकतामा आधारित “गुल्मी छाप हिलेमा” बाेलकाे ( पन्चेबाजा ) गीत सार्वजनिक भएको छ।

“राम्री मान्छे बिहेमा देखियौ,हेर्छु भन्दा मुहार छेकियो “

सङ्गी साथी बसेर जिस्कदा,एना हेर्न भुलेछु निस्कदा !!

जस्ता सब्दहरु गीतमा समेटिएको छ । चर्चित गीतमा लामो समयदेखि कतारमा रोजगारीसँगै धेरै संघसंस्था मार्फत सामाजिक सेवा गर्दै आउनुभएका परिचित युवा झविन्द्र आचार्यले आफ्नै श्रीमती अमृता आचार्य सङ्ग गरेको विबाहलाई रोचक तरिकाले भिडियोमा देखाइएको छ ।

चर्चित गायक गायिका बिक्रम परियार र शान्ति श्री परियारकाे सुमधुर स्वर रहेको गीतमा गुल्मीको माटोलाई समेट्दै अर्जुन राजले सब्द कोरेका छ्न भने, नन्दु परियाले लय सिर्जना गरेका छ्न ।

अमित सुनारको निर्देशन,सुनिल परियारको सङ्गित संयोजन ,अजय रेग्मीको छायांकन तथा सुनिल बि.क को निर्देशन रहेको गीतमा झविन्द्र आचार्य, अमृता आचार्य लगायत रबिना भन्डारी, बिजया बिश्वकर्मा, सुबर्ण दुलाल, बिक्रम परियार, अमित सुनार र सन्तोश काफ्ले लगाएतका कलाकारको अभिनय देख्न सकिन्छ ।

“पेन्ट टेक कण्ट्रायाक्टिङ्गको ब्यानरमा ” आफ्नो जन्मभूमि गुल्मीलाई प्रवर्धन गर्दै मालिका ५ का झबिन्द्र आचार्यको लगानीमा निर्माण भएको यो गीतले युटुव तथा टिकटकमा छोटो समयमै चर्चा कमाउदै गरेको पाइएको छ ।

हेर्नुहाेस् भिडियाे  :

सम्बन्धित समाचार