शति देवीको निधार पतन भएको भालेश्वर महादेवको दर्शन गरौं तपाइले सोचेको काम बन्नेछ ! ॐ ॐ

 


काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयौ ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो ।

केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर रहेको भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो ।

 

शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।

 

विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।

सम्बन्धित समाचार